अधिकतम ब्याजदर दिने एनआईसी एशियाको सुपर चमत्कारिक मासिक निक्षेप खाता

0
Shares

एनआईसी एशिया बैंकले बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुलाई लक्षित गर्दै खाता खोली अधिकतम लाभ प्रदान गर्ने उदेश्यका साथ नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ।

विगत २२ वर्षदेखि ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसीले सबै तह र तप्काका ग्राहकलाई उपयुक्त हुने र अधिकतम सुविधा लिनसक्ने गरि “सुपर चमत्कारिक मासिक निक्षेप खाता” सञ्चालनमा ल्याएको जनाएको छ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ। कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने बताइएको छ।

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ। यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ।

यसरी ग्राहकहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्ने र कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने जनाइएको छ ।
मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखा मार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न र निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्नेछन्।

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा रहेका छन्। यसबाट १८ लाख भन्दा बढी ग्राहकलार्य सेवा दिँदै आइरहेको छ।