नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सोमबार तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। तीन कम्पनीहरु तिनाउ विकास बैंक, स्वावलम्बन लघुवित्त र समीट माइक्रोफाइनान्सको कुल २२ लाख ६६ हजार ९८ दशमलव ८९ कित्ता बोनस सूचीकृत भएको हो।

स्वाबलम्वन लघुवित्त वित्तिय संस्था लिमिटेडको सबैभन्दा धेरै १२ लाख ५७ हजार ७७७ कित्ता बोनस शेयर सूचीकृत गरेको छ । त्यसैगरी तिनाउ विकास बैंकको बैंकको ६ लाख ८ हजार ३२१ दशमलव ८९ कित्ता र समीट माइक्रोफाइनान्सको ४ लाख कित्ता बोनस सूचीकृत भएको हो ।

सूचीकरणसँगै तीनवटै कम्पनीका लगानीकर्ताहरुले उक्त बोनस शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको गत पुस २६ गते सम्पन्न साधारण सभाबाट २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद, तिनाउ विकास बैंकको गत पुस ७ गते सम्पन्न साधारण सभाबाट १२ प्रतिशत ंर समीट माइक्रोफाइनान्सको गत पुस २७ गतेको सम्पन्न साधारण सभाबाट २३.५३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।