माई खोला हाइड्रोपावरको आइपीओमा बिहीबारदेखि आवेदन दिन सकिने


माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा बिहीबार (फागुन २५) देखि आवेदन दिन सकिने छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले इलाम जिल्लाको स्थानिय वासिन्दाहरुका लागी जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यस्तै सर्वसाधारणमा निष्काशन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

उक्त आइपीओमा चैत ९ गते सम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आवेदन दिने स्थानहरु

आयोजना प्रभावित क्षेत्रका वासिन्दाले प्रभु बैंक लिमिटेड ईनाम शाखा, प्रभु बैंक लिमिटेड साबिकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको इलाम शाखा, प्राइम कमर्सियल बैंक लिमिटेडको विपन्या शाखा, आयोजना रहेको स्थान इलाम जिल्ला इलाम नगर पालिका वडा नम्बर ८ बाट आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यस्तो छ कम्पनी

कम्पनीले सञ्चालन गरिरहेको ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.०१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.७४ वर्ष रहेको छ।आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ । कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।