मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन हो ।

उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय सायसम्म मात्र आवेदन दिन पाउने छन् ।

यस्तै स्थानिय वासिन्दाको लागि निष्काशन गरेको आइपीओमा भने आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले फागुन १० गतेदेखि निष्काशन बिक्री खुला गरेको आइपीओमा अब चैत ९ गते सम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ गरी कुल ६ करोड ५१ लख १० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।