नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।
ति संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैँयाको चेक प्रदान गरिएको हो।
त्यसैगरी स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्वुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल,शंखरापुर काठमाडौँलाई २ लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।
त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्वन्धी कार्यको लागि २ लाख रुपैँयाको चेक प्रदान गरेको छ ।
यो भन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत बिद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगत देखी नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दे आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया