टाटा मोटर्स अन्तर्गतको टाटा टेक्नोलोजिजले सार्वजनिक निष्काशन गर्ने

0
Shares

टाटा मोटर्सको भगिनी संस्था टाटा टेक्नोलोजिजले सार्वजनिक निष्काशनका लागि भारतीय सेयर नियामक संस्था सेक्युरिटिज एन्ड एक्सेन्ज बोर्ड (सेबी)मा आवेदन दिएको छ ।

कम्पनीले ९ करोड ५७ लाख कित्ता बराबरको सार्वजनिक निष्काशन प्रस्ताव गरी गर्ने भएको हो । कम्पनीले जारी गर्न लाएको सेयर कम्पनीको चुक्ता सेयर पुँजीको २३.६० प्रतिशत हो ।

यसका साथै टाटा मोटर्सले टाटा टेक्नोलोजिजमा रेहको कुल सेयर हिस्साको २० प्रतिशत अर्थात् ८ करोड ११ लाख कित्ता सेयर अफर फर सेलमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीमा ७.२६ प्रतिशत लगानी रहेको अल्फा टिसी होल्डीङ्स र ३.६३ प्रतिशत सेयर हिस्सा रहेको टाटा क्यापिटल ग्रोथ फान्ड १ले पनि अफर फर सेलमै सेयर बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

अल्फा टिसी होल्डीङ्सले कुल सेयर लगानीको २.४ प्रतिशत अर्थात् ९७ लाख २० हजार भारु र टाटा क्यापिटल ग्रोथ फन्ड १ले कुल सेयर हिस्साको १.२ प्रतिशत अर्थात् ४८ लाख ६० हजार बराबरको सेयर बिक्री गर्ने भएका हुन् ।

टाटा टेक्नोलोजीजमा टाटा मोटर्सको सेयर हिस्सा ७४.६९ प्रतिशत रहेको छ । ब्लुमबर्गका अनुसार टाटा टेक्नोलोजीजले जारी गर्ने आइपीओ जेएम फाइनान्सीयल लिमिटेड, सीटिग्रुप ग्लोबल मार्केट र बोफा सेक्युरिटिजले व्यवस्थापन गर्दै छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।