उत्पादनमा भन्दापनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयोः गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सही उपयोग हुन नसकेको बताएका छन् ।
राष्ट्रिय आर्थिक सरोकार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ मा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सही उपयोग हुन नसकेको धारणा राखेका हुन्।

“बैङ्कले पैसा दिने तर त्यसलाई सदुपयोग गर्न सकिएन भने प्रतिफल आउँदैन । अहिले उत्पादन क्षेत्र भन्दापनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयो ।” उनले भने । यद्यपि, राष्ट्र बैङ्कले उत्पादन क्षेत्रको कर्जा बढाउनका लागि क्षेत्रगत कर्जा विस्तारमा जोड दिएको गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले अहिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रका लागि सकारात्मक ढाडस आवस्यक रहेको बताए । कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्व ऊर्जा सङ्कट तथा मूल्यवृद्धि लगायतका विश्वव्यापी समस्याको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको बताउँँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बिस्तारै सुधार हुँदै गएको बताए ।

त्यस्तै, नेपालको अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवस्यक रहेको पनि उनले बताए । “हामीसँग प्रसस्त चुनौती छन् । हाम्रो संरचनागत सुधार आवस्यक छ । सँगसँगै सकारात्मक कुरा पनि जरुरी छ । हाम्रो शोधनान्तर स्थिति बचतमा छ । गतवर्षको तुलनामा बैङ्कको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) घटेको छ । हाम्रो जस्तै अर्थतन्त्र भएका विश्वका अरु मुलुकभन्दा मूल्यवृद्धि कम छ ।” गभर्नर अधिकारीले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।