अपि पावर कम्पनीलाई हकप्रद बेच्न विद्युत नियमन आयोगको स्वीकृति

0
Shares

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीलाई नियामक निकाय विद्युत् नियमन आयोगले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्न स्वीकृति दिएको हो । आयोगले फागुन २६ गते उक्त स्वीकृति दिएको हो ।

कम्पनीले गत आवको नाफाबाट चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको आधारमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आयोगसँग स्वीकृति मागेको थियो ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद जारी गर्नेछ ।

उक्त हकप्रद जारी गर्न कम्पनीले वार्षिक साधारण सभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिई सेबोनबाट स्वीकृति पाएको दुई महिनापछि मात्र सार्वजनिक बिक्रीमा आउने हुन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ । १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको हकप्रद बिक्रीपछि कम्पनीको पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।