दुई अर्ब बक्यौता तिर्न ६३ कम्पनीलाई ३५ दिने अल्टिमेटम


महालेखा नियन्त्रकको कार्यालयले २ अर्ब बढी सरकारी बक्यौता नतिर्ने ६३ व्यक्ति तथा कम्पनीलाई ३५ दिने अल्टिमेटम दिएको छ ।

कार्यालयले ६३ कम्पनीको नाम सार्वजनिक गर्दै फागुन २९ (आज) देखि ३५ दिन भित्र साँवा ब्याज भुक्तानी गर्न ३ अल्टिमेटम दिएको हो ।

कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कायम भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूलाई पटक–पटक बक्यौता भुक्तानी गर्न पत्राचार तथा सूचना गर्दासमेत अटेर गरी बस्नेलाई बक्योता तिर्ने अन्तिम मौका दिँदै नतिरे कारबाही गर्ने चेतावनी दिएको हो ।

कार्यालयका अनुसार सबैभन्दा धेरै राकेश बाधवा, शान्ति चड्डा, तुलाराम भट्ट, सुवर्ण क्षेत्री, रिचर्ड डोयल टटल, शमसलनी बाधवाद्धारा संचालित नेपाल रिक्रीयशन सेन्टरले ९० करोड ५० लाख १३ हजार ५५३ बक्यौता तिर्न बाँकी छ ।

यस्तै पियुष बहादुर अमात्य, गंगा बहादुर अमात्य, सन्जु अमात्य राज भण्डारी, नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्यद्वारा संचालित दि फुलबारी ली पोखराको साँवा र व्याज समेत गरी ४१ करोड ७२ लाख ३४ हजार ६१० रुपैयाँ तिर्न बाँकी छ ।

कार्यालयका अनुसार कादो यादव संचालक रहेको यादव कन्ट्रक्सनको १४ करोड ८३ लाख ३० हजार ७० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । राधेश्याम सराफ,रत्नादेवी सराफ, अरुण कुमार सराफ, उमेश सराफद्वारा संचालित होटल याक एण्ड एतिको २० करोड ८ लाख ६६ हजार ४ सय ३८ रुपैयाँ तिर्न बाँकी छ ।

तेहथुम स्थायी ठेगाना भएका हाल काठमाण्डौं महानगरपालिका बस्ने टिपरानी लिम्बुको २० लाख ४१ हजार ६६८ बक्यौता रकम तिर्न बाँकी छ ।
निमा ग्याल्जेन लामाद्वार संचालित खुक्बु कन्टक्«सन प्रालीकोे ४३ करोड ६ लाख ५ सय ४७ रुपैयाँ बाँकी छ । रोशन कुमार लामाद्वार संचालित लामा कन्ट्रक्सन प्रालीले १ करोड ३ लाख ६५ हजार २८८ रुपैयाँ तिर्न बाँकी छ ।

भुत पूर्व अध्यक्ष खड्ग बहादुर रेग्मीद्वारा संचालित गुहस्थाश्रम केन्द्र जाजरकोटले १० करोड ३ लाख ४१ हजार ७८४ रुपैयाँ तिर्न बाँकी छ ।  यो बक्यौता सरकारका विभिन्न निकायको दस्तुर, जरिवाना, सेवा शुल्क, राजस्व, हर्जना लगायतको तिर्न बाँकी रकम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।