साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा उनिहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको हो।
आयोगले प्रमुख झासहित भण्डार प्रमुख दिलचन्द्र झा र जुनियर सहायक खगेन्द्र बस्नेतले कार्यालयको गोदाममा रहेको १९ लाख सात हजार ३५० बराबरको रासायनिक मल मिलेमतोमा अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग लगाएको छ।
उनीहरुले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पु¥याउने बदनियत राखेको ठहर गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए।












प्रतिक्रिया