ग्लोबल आइएमई क्यापिटल लिमिटेड सम्मानित

0
Shares

आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सम्मान गरेको छ।  आठौं राष्ट्रिय कर दिवस, २०७६ को उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय, ठमेलमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेवापत क्यापिटलले सम्मान पाएको हो।

आन्तरिक राजस्व कार्यालय, ठमेलले उत्कृष्ट करदाताको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाललाई सम्मानपत्र वितरण गरेको हो।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार  २० : ३० बजे