डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित

0
Shares

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् ।

एशोसियसनको आज चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ ।

समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा, सचिवमा सिन्धु बिकास बैंकका सीईओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्विनी विकास बैंकका सीईओ नरेशसिंह बोहरा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ डा. इन्द्र कट्टेल निर्वाचित भएका हुन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण पनि सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आव २०७८र०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे । आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद पनि ज्ञापन गरे ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।

आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौं भन्दै सबै सीईओहरुलाई अनुरोध गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।