१५ दिनको अवधिमा अधिकांश तरकारीकोे भाउ बढ्यो, कुन तरकारीलाई कति ?


कालिमाटी फलफूल तथा तरकारी बजारमा १५ दिनको अवधिमा अधिकांश तरकारीको भाउमा वृद्धि भएकोे छ ।

कालिमाटी तरकारी बजार विकास समितिको तथ्यांकमा तरकारीको भाउमा सामान्य वृद्धि भएको देखिएको हो ।

१५  दिन पहिले ३० रुपैयाँमा बिक्री भइरहेको स्थानिय काउली अहिले २५ रुपैयाँ बढेर ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै १५ दिन पहिले ९० रुपैयाँमा बिक्री भएको अदुवा अहिले १०५ रुपैयाँ पुगेको छ । यस्तै कागती २८०, सुकेको खुर्सानी ४३५ रुपैयाँ, गाँजर ३२ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ पुगेको छ ।

यता १५ दिनको अवधिमा डल्ले च्याउको भाउ भने घटेको छ । १५ दिन पहिले ३२५ रुपैयामा किनबेच भइरहेको डल्ले च्याउ अहिले २८३ रुपैयाँ पुगेको छ ।  यस्तै तितो करेलाको भाउ पनि सामान्य घटेको छ । १५ दिन पहिले १३६ रुपैयाँमा किनबेच भइरहेको तितो करेला अहिले ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । तोरीको साग ३५ रुपैयाँ, प्रतिकिलो सुकेको भारतीय प्याजको भाउ ३५ रुपैयाँ, लोकल बन्दा १४ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ , भान्टा लाम्चो ४५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ कायम गरिएको छ ।

यता ठूलो गोलभेडा रातो आलु, सेतो आलु, ठूलो गोलभेडा, पुदिना भने यथावत् रहेको छ । १५  दिन पहिले २५ रुपैयाँमा बिक्री भएको रातो आलु, १७ रुपैयाँका बिक्री भएको सेतो आलु, ४५ रुपैयाँमा किनबेच भइरहेको ठूलो गोलभेडा, २३५ रुपैयाँमा किनबेच भइरहेको पुदिना सोही मूल्यमा बिक्री भइरहेको छ ।

यसैगरी प्रतिकिलो १५ दिन पहिले २१३ रुपैयाँ रुपैयाँमा खरिद बिक्री भइरहेको कालो अंगुर अहिले २३५ रुपैयाँमा किनबेच भइरहेको छ । १२० रुपैयाँमा किनबेच भएको हरियो अंगुर अहिले १४० रुपैयाँमा बिक्री भइरहेको छ । भारतीय सुन्तला २० रुपैयाँले वृद्धि भइ १४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यता अनारको भाउ भने घटेको छ । २९० अनार अहिले २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी तरकारी बजारले निर्धारण गरेको उल्लेखित मूल्य बजारका अन्य स्थानमा फरक पर्न सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।