भुगोल इनर्जी र दोल्ती पावर कम्पनीको बैदेशिक रोजगारीमा रहेकालाई निष्काशित सेयर बाँडफाँड


बैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन गरिएको भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ ।
दुवै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेडले सोमबार उल्लेखित कम्पनीको सेयर बाँडफाँड गरेको हो ।

दोल्ती पावर कम्पनी लिमिटेड :

दोल्ती पावर कम्पनी लिमिटेडको निष्काशति १ लाख ७ हजार २९८ कित्ता सेयरका लागि १८ हजार ३१७ वटा आवेदनबाट ५ लाख ४२ हजार ७० कित्ता शेयर माग भएको थियो । जसमा सम्बन्धित सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणमा १ हजार ३४३ आवेदनबाट ७३ हजार ११० कित्ता शेयर माग भएको आवेदन रद्ध गरिएको थियो । रद्ध भएरपछि ४ लाख ६८ हजार ९६० कित्ता सेयर माग गर्ने १६ हजार ९७४ आवेदकमध्ये दोहोरो आवेदन दिने १ जनालाई हटाएर बाँकी आवेदकलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १० हजार कित्ता शेयर आवेदन गर्ने १० हजार ७२९ जनालाई १० कित्ताको दरले १ लाख ७ हजार २९० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता शेयर २० कित्तादेखि १० हजार कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये ८ जनालाई एक एक कित्ताका दरले बाँडिएको छ ।

भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड :

भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेडको निष्काशित १ लाख ८ हजार ८११ कित्ता सेयरका लागि १८ हजार ३६४ जनाले ५ लाख ३३ हजार ६९० कित्ता सेयर माग गरेका थिए । जसमा सुआस्वा सदस्यको तर्फबाट १ हजार ३९८ र दोहोरो आवेदन गर्ने एक जनालाई हटाएर ४ लाख ६० हजार २४० कित्ता सेयर माग गर्ने १६ हजार ९६४ आवेदकलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

उल्लेखित मध्ये गोलाप्रथाबाट १० कित्ता देखि १ हजार कित्ता शेयर आवेदन गर्ने १० हजार ८८१ जनालाई १० कित्ताको दरले १ लाख ८ हजार ८८० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको १ कित्ता शेयर २० कित्तादेखि १ हजार कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्येबाट एक जनालाई बितरण गरिएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको साधारण शेयर गत फागुन ८ देखि २५ गतेसम्म निष्काशन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।