सिटिजन लाइफले २९० रुपैयाँमा आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिसेयर २९० रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २९० रुपैयाँमा सेयर बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो ।

कम्पनीले चैत ५ गते आइतबार ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि निवेदन दिएको हो ।

कम्पनीले कर्मचारीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले र सर्वसाधारणलाई २९० रुपैयाँका दरले आईपीओ बिक्री अनुमति मागेको हो । सेबोनल अनुमति दिएको दुई महिनाभित्रमा उक्त सेयर बिक्रीमा आउनेछ ।

सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले पनि सर्वसाधारणबाट प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने उदेश्य सहित सेबोनसमा यसअघि नै निवेदन पेश गरिसकेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

दुई अर्ब ६२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म १२ करोड ३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी ९.१७ रुपैयाँ कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।