मुक्तिनाथको भिडियो सन्देशः ‘बचत शब्द, छोटो अर्थ मिठो’

0
Shares

मुक्तिनाथ विकास बैंकले विश्व पानी दिवसको अवसर पारेर बचतको महत्व झल्काउने सन्दर्भलाई पानीसँग जोडेको सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

विश्वव्यापी रुपमा पानीको बचत अर्को पुस्ताका लागि भन्ने बहस चलिरहेका बेला बैंकले पनि पानीको बचत अपरिहार्य रहेको सन्देश सहितको ४९ सेकेन्डको छोटो तर निकै नै सन्देशमुलक भिडियो तयार गरेको हो । जसरी पानी जीवनका लागि अमूल्य छ त्यसरी नै बचत पनि जीवनका लागि अमूल्य रहेको सन्देशमा भिडियो तयार पारिएको छ । पानीको थोपा अनन्त उर्जाको स्रोत भएजस्तै जीवन चलाउनका लागि सानो बचत नै ठूलो रकमको स्रोत हुनसक्छ र बचत बिना जीवन चलाउन सहज नभएको सन्देश प्रवाह गरिएको छ ।

बैंकले ‘बचत शब्द, छोटो अर्थ मिठो’ नारामा निर्माण गरेको भिडियोमा जसरी सुन्दा छोटो शब्द छ ‘बचत’ तर गहिरिएर बुझ्ने हो भने यसले नै भोलिका सपना सकार पार्नसक्ने क्षमता राख्नसक्छ भन्ने भावलाई समेटिएको छ । आम मानिसका भोलिका सपना अर्थात आशा पूरा गर्नसक्ने एउटै आधार हो बचत । जहाँबाट हेर्ने हो भनेपनि बचतको अर्थ हो भविष्यमा पाइने प्रतिफल, चाहे त्यो पानी होस् वा पैसा । त्यसैले आज खर्च गरिने जुन कुरापनि सानो र थोरै भनेर खेर नफाली बचत गर्नाले त्यसले भोलिका दिनहरुमा दिने प्रतिफल सोचेको भन्दा निकै धेरै हुन्छ भन्ने सन्देश भिडियोले बोकेको छ ।

व्यवहारिक जीवनमा पनि स–सानो कुराले पनि धेरै ठूलो अर्थ राख्दछ । त्यहि सानो कुरा अर्थात सानो सञ्चयले पनि जीवनका ठूला ठूला सपना साकार पार्न मदत्त गर्नेछ । जसरी पानीको थोपा थोपा मिलेर विशाल समुद्र बन्न सक्छ, एक एक शब्द मिलेर महाकाव्य बन्न सक्छ भने एक एक रुपैयाँ जम्मा गरेर पनि लाखौं बन्न सक्छ । आवश्यक काममा बाहेक पानी खेर फाल्न नहुने सन्देशलाई भिडियोमा देखाइएको छ ।

भिडियोमा धारा खुल्लै राखेर दाँत माझिरहेको भाईलाई दाजुले टाउकोमा कुटेर धारा खुला नछाड्न भन्दै आफैँले पानीको धारा बन्द गरेको देख्न सकिन्छ । दाजुको भनाई अनुसार नै भाईले पनि आफूले धारा खुला राखेर गल्ती गरेको महसुस गर्दै टाउकोमा हात राख्दै माफी मागेको देख्न सकिन्छ ।

यसरी विश्वा पानी दिवसको अवसरमा थोपा थोपामा खेर जाने पानीसँगै जीवन चलाउनका लागि स–सानो बचत पनि उत्तिकै महत्वपूर्ण हुने सन्देश भिडियोले दिएको छ । पानीको बचतको महत्व दर्शाउँदै गर्दा रकमको बचत पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश बोकेको भिडियो मार्फत बैंकले पानीको बचत जस्तै आफ्नो कमाई र पैसाबाट नियमित रुपमा थोरै थोरै गरेर भएपनि बचत गर्ने बानी बसल्नुपर्ने सन्देश दिएको छ ।

हेरौं छोटो भिडियोमा के छ ?

 

“जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ र लघु बैंकिङ सेवा एकै साथ सञ्चालन गर्दै आईरहेको छ । विगत १७ वर्षदेखि ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको यस बैंकको शाखा कार्यालयको संख्या १७९ पुगेको छ भने देशभर २२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।