६९ कम्पनीलाई बक्यौता तिर्न ताकेता


आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, बाँकेले ६९ कम्पनीलाई १५ दिन भित्र बक्यौता रकम तिर्न निर्देशन दिएको छ ।

कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै पटक पटक कर तिर्न अपिल गर्दा समेत अटेर गरी बसेको भन्दै १५ दिन भित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको हो । कार्यालयले १५ दिन भित्र तिर्नु पर्ने रकम नतिर्ने कम्पनीलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) बमोजिम कारवाही गर्ने बताएको छ । 

मूल्यअभिवृद्धि कर नतिर्नेमा त्रिदेवी फ्लोर एण्ड ओयल इण्डष्ट्रि प्रा.ली., साहारा ईन्जिनियर एण्ड विल्डर्स, गुडु इँटा उद्योग लगायत ५९ कम्पनी रहेका छन् भने आयकर मात्र नतिर्ने ८ वटा कम्पनी रहेका छन् । 

यस्तै आयकर र मूल्यअभिवृद्धि कर दुबै बक्यौता रहेका कम्पनीहरुमा रमन ब्रीक इण्डष्ट्रिज र कुसुम सुन्दर क्लोथिङ एण्ड ट्रेडर्स प्रा.ली रहेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।