नागरिक लगानी कोषले शेयर बजारमा लगानी बढाउँदै,एक बर्षमा ४ अर्ब ३२ करोड थपियो

0
Shares

नागरिक लगानीकोषले धितोपत्र बजारमा लगानी बढाएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार संगठित संस्थाको शेयरमा ९ अर्ब ८ करोड लगानी गरेको छ ।

जबकि गत आर्थिक बर्षको यसै अवधिमा कोषले संगठित संस्थाको शेयरमा ४ अर्ब ७५ करोड मात्र लगानी गरेको थियो । एक वर्षको अवधिमा कोषले ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो।

कोषले सरकारी ऋणपत्रको लगानी भने घटाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा एक अर्ब ८० करोड लगानी गरेको कोषले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म यस्तो लगानी ६० करोडमा सिमित गरेको छ । कोषले एक खर्ब ३० अर्ब रूपैयाँ लगानी गरेको भने मुद्दती निक्षेपमा ७८ अर्ब ६९ करोड रूपैयाँ जम्मा गरेको छ।

कोषले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म १२ करोड ११ लाख खुद नाफा आर्जन गरेकोे छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १० करोड ५७ लाख थियो ।कम्पनीले व्याज आम्दानी तथा सेवा शुल्क आम्दानीमा सुधार गरेसँगै समग्र नाफामा वृद्धि देखिएको हो ।

यस अवधिमा कोषको ब्याज आम्दानी १ करोड १५ लाख रुपैयाँ बाट बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको छ । विभिन्न कमपनीमा गरको लगानीबाट कोषले ४० लाख लाभांश आम्दानी गरेको छ । यसैगरी सो अबधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी पनि बढेर १९ करोड ५० लाख रुपैयाँ पुगेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट कूल २२ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । कोष संचालन खर्च ५ करोड २ लाख रुपैयाँ छ। गत बर्षको यसै अवधिमा ३ करोड ६५ लाख थियो ।

कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट कूल २२ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । कोष संचालन खर्च ५ करोड २ लाख रुपैयाँ छ। गत बर्षको यसै अवधिमा ३ करोड ६५ लाख थियो ।

कोषको शेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ छ भने कोषको खुद मौज्दातमा एक खर्ब २८ अर्ब १४ करोड रुपैयाँ छ । यसअवधिमा कोषले एक खर्ब ३० अर्ब ९९ करोड लगानी गरेको छ ।

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी गत आबको चैत मसान्तको भन्दा ३ रुपैयाँले घटेर ४४ रुपैयाँ बढी हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ छ । कम्पनीको कोषको लागतमा बढेको छ । सरकारबाट कल इन एडभान्समा १६ करोड ५५ लाख रूपैयाँ लिएको कोषको जगेडामा ४ अर्ब ६७ करोड रूपैयाँ  छ।