मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत

0
Shares

मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर बुधबार सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको हो ।

बुधवार बैंकको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । सुचीकृत बोनस सेयर साधारण सभाकालागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा आएपछि नेप्सेमा मार्फत कारोबार गर्न सक्नेछन् ।

बैंकको गत पुस ३० गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस आज सूचीकृत भएको हो । साधारण सभाका लागि बैंकले पुस २० गते बुकक्लोज गरेकाले पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।