बैंकिङ क्षेत्रमा चौतर्फी आक्रमण दुःखद, ब्याजदर घटाउने प्रयासमा छौं: अध्यक्ष केसी

0
Shares

नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैकिङ क्षेत्रमा चौतर्फी आक्रमण भएको बताएका छन । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले ब्याजदरका नाममा नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखेपनि यसले समग्र औद्योगिक क्षेत्रमा आक्रमण भएको धारणाा राखे ।

विहीबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले बैकिङ क्षेत्रमा भएको चौतर्फी आक्रमणले वैदेशिक लगानी प्रभावित हुने बताए । ‘बैकहरुले विदेशबाट पैसा ल्याउन सुरु भएको समयमा यस्तो हुनु गलत छ । यो आक्रमण बैकमा मात्रै नभएर साढे ४ करोड खाता धारण गर्नेमाथीको आक्रमण हो।’ उनले भने । अहिले केही बैकलाई आक्रमण गरेजस्तो देखिएपनि यसले दुरगामी असर पर्ने अध्यक्ष केसीको भनाई छ ।

कोरोनाको समय हेरेर अहिले ब्याजदर उच्च भन्न नमिल्ने उनको तर्क छ । औद्योगिक बातारण बनेपछि ब्याजदर बढनु सामान्य भएको दाबी गर्दै नेपालमा आर्थिक गतिविधि भएको समयमा मात्रै ब्याजदर बढेको जिकिर गरे । अहिलेको ब्याजदर केही बढि भएजस्तो देखिएपनि यो सामान्य भएको केसिले बताए । उनले यो ब्याजदरपनि घटाउन बैकहरुले प्रयास जारी राखेको समेत जानकारी दिए ।

‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महंगो भयो भन्न मिल्दैन, अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीक अघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’

बैकहरुले अहिले विद्युतीय गाडी तथा उत्पादन बढाउने क्षेत्रमा लगानी गरिरहेको उनको भनाई छ । अध्यक्ष केसीले घरजग्गाको कारोबार कम हुदा खराब कर्जामा दबाब रहेको बताए । तथापि मेजर ईन्डिकेटर राम्रो रहेको र नेपाली बैक रिक्समा नरहेको र लगानिका क्षेत्र छरिएर रहेको उनको भनाई छ ।

अन्य देशमा फेलियर भएका बैकमा नेपाली बैकको लगानी नरहेको उनले जानकारी दिए । त्यसैले नेपाली बैकहरु सुरक्षित रहेको केसीले दाबी गरे । नेपाली बैकको ६० प्रतिशत भन्दा बढि लोनमा धितो बलियो रहेको बताउँदै बैकले धेरै क्षेत्रमा लगानी गरेको भएर डराउनु पर्ने अवस्था नरहेको धारणा राखे ।

केसीले बैंकहरुको खराब कर्जा केही बढ्ने सम्भावना रहेको र यति नै पुग्छ भनेर भन्न नसकिने धारणा राखे । संसारभर ब्याजदर बढको बेला नेपालमा १८ लाखको मुख हेरेर ब्याज घटाउने सम्भावना कम भएको उनको भनाई छ । तथापि कम ब्याजदर होस भन्नेमा बैकर्सहरु रहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।