साना किसान लघुवित्तले बोनस बढाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

साना किसान विकास लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।कम्पनीले शेयरधनीलाई २८.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो हालसम्मकै उच्च लाभांश हो ।

कम्पनीले २७.२५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १.४३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लर्भाश राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको भन्दा लाभांश बढाएर प्रस्ताव गरेको हो ।

अघिल्लो बर्ष कम्पनीले २५ प्रतिशत बोनस सहित २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको हाल चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ ।