गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र जारी गर्ने ३८ कर्मचारी बिरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ र्पुयाउने बदनियतले सवारी चालक अनुमतिपत्र जारी गरेको भन्दै यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुखसहित ३८ जना बिरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुरका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना बिरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनीहरुले २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी लाभ र्पुयाउने बदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारको भनाई छ ।

आयोगले अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको भन्दै जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।