बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सदैव तत्पर: बैंकर्स संघ

0
Shares

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेको छ ।

सो अवसरमा संघका अध्यक्ष सुनिल के.सीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराए ।

साथै, यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाझै पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

नव नियूक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।