थ्रीस्टार हाइड्रोपावरलाई १२ करोड ३१ लाखको आईपीओ बिक्री अनुमति

0
Shares

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीके अनुमति पाएको छ । गत साउन १७ गते आईपीओ जारी गर्न बोर्डमा निवेदन दर्ता गराएकोमा ८ महिनापछि कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाएको हो ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्न चैत १७ गते अनुमति दिएको हो ।

बोर्डबाट बिक्री अनुमति पाएसँगै अब कम्पनीले दुई चरणमा आईपीओ निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी हुनेछ । यस्तै दोस्रो आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत (३६ करोड ९३ लाख ७५ हजार रुपैयाँ )सेयर स्वामित्व चुक्ता रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ कायम हुनेछ ।

कम्पनीले खोटाङ जिल्लामा ६.६० मेगावाट क्षमताको सपसुप खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।