छ्याङदी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद अनुपात घटाएको छ । नियामक निकाय विद्युत नियमन आयोगले प्रस्तावित १५० प्रतिशत अनुपातको हकप्रद अनुपात घटाएर शतप्रतिशत मात्र जारी गर्न निर्देशन दिएपछि कम्पनीले सोही अनुसार अनुपात घटाएको हो ।
कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले एक बराबर एक (शतप्रतिशत) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय कम्पनी सचिव रमेश कुमार थापाले जानकारी दिए । सो प्रस्ताव अब विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि प्रकृया अगाडि बढ्नेछ ।
कम्पनीले जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रद मार्फत पूँजी जुटाउन सक्ने व्यवस्था अनुसार हकप्रद बेचेर पूँजी संकलन गर्न लागेको हो ।
साधारण सभाबाट अनुमोदन भएपछि कम्पनीले हकप्रद बेच्नका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुन: स्वीकृति लिनुपर्ने हुन्छ । कम्पनीले कबोर्डबाट अनुमति पाएपछि मात्रै हकप्रद निष्कासन गर्न पाउने छ । कम्पनीको अहिले चुक्ता पुँजी ३८ करोड ६९ लाख रहेको छ । प्रस्तावित हकप्रद बिक्रीपछि ७७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरी स्वीकृतिका लागि नियामक निकायमा पेश गरेको थियो । तर, नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
छ्याङदी हाइड्रोपावर लिमिटेडले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ ।
आयोजनमा क्याप्टेन रामेश्वर थापा, अमरनाथ श्रेष्ठ, राजेन्द्र बहादुर सिंह, उदय कुमार पिया, अशोक बुढाथोकी, मन्दिल प्रधान, लाल बहादुर थापा लगायतको लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया