सनराइज बैंकले नेपाल प्रहरी विद्यालयहरुलाई दियो करिब ७० लाखको छात्रवृति

0
Shares

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ६९ लाख ८० हजार ६३४ छात्रवृति रकम सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्र्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृति प्रदान गरेको छ ।

नेपाल प्रहरीे प्रधान कार्यलय नक्शालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरिक्षक बसन्त बहादुर कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरु तथा बैंकबाट उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सनराइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सनराइज बैंकबाट नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

छात्रवृति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सनराइज बंैकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरु गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।