राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता प्रवाह गर्न रिपो मार्फत २० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

रिपोको लागि बिहीबार अपरान्ह ३ बजे बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

यस भन्दाअघि केन्द्रीय बैंकले चैत २ गते १५ अर्ब रुपैयाँ बरावरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । उक्त रिपोका लागि अधिकतम ८.५ प्रतिशत र न्यूनतम ७.२५०० प्रतिशत रहेको छ । उक्त रिपोको औसत ब्याजदर ७.७९१६ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।