गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २३ गते बिहीबार सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १३.२७ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बिहीबार बुकक्लोज गरेको हो । नेप्सेले बोनस समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३६९ रुपैयाँ ४७ पैसा तोकेको छ ।

बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरिएको हो । इन्स्योरेन्सको सेयर बुधबार अन्तिम पटक प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा खरिद बिक्री भएको थियो ।

इन्स्योरेन्सले लाभांश र युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न बैशाख ६ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।