लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लघुवित्तले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २० गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागी कम्पनीले मंसिर ११ गतेबाट बुक क्लोज गर्दैछ । जस अनुसार आज मंसिर १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद वितरण गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ । त्यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।