कृषि विकास बैंक र सानिमा बैंकको ऋणपत्रलाई सुरक्षित रेटिङ

0
Shares

इक्रा नेपालले कृषि विकास बैंक र सानिमा बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई सुरक्षित रेटिङ प्रदान गरेको छ । कृषि विकास बैंकले साढे दुई अर्ब तथा सानिमाले चार अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने क्रममा रहेका छन् ।

इक्रा नेपालले दुवै बैंकको ऋणपत्रलाई न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्रदान गरेको छ । यस रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जनाउँदछ। 

कृषि विकास बैंकले निष्काशन गर्ने साढे दुई अर्ब रुपैयाँको ऋणपत्रमा १०.३५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेको छ। नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएपछि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्नेछ।

यस्तै, सानिमा बैंकले निष्काशन गर्ने चार अर्ब रुपैयाँको ऋणपत्रले पनि इक्रा नेपालबाट न्यून जोखिम जनाउने ‘इक्राएनपि एलए’ रेटिङ पाएको छ । बैंकले १०.२५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने वाध्यात्मक व्यवस्था गरेको छ। यहि व्यवस्था अनुसार बैंकहरुले ऋणपत्र निष्काशनलाई जोड दिदै आइरहेका छन् ।