मेलम्ची खानेपानी विकास समितिको कार्यक्षेत्र हेरेफेर, प्रभावित क्षेत्रमा छुट्टै कार्यक्रम गनुपर्ने

0
Shares

सरकारले मेलम्ची खानेपानी विकास समितिका कार्यक्षेत्र र अधिकार हेरफेर गर्दै नयाँ गठन आदेश जारी गरेको छ । सरकारले समितिलाई उपत्यका भित्र मेलम्चि बाहेक अन्य खानेपानी स्रोत पहिचान गर्ने तथा परियोजना प्रभावित क्षेत्रका विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेबारी थप गरेको हो ।

सरकारले मेलम्ची खानेपानी विकास समिति गठन आदेश २०५५ खारेज गर्दै २०७९ जारी गरेको हो । नयाँ आदेश अनुसार समितिका सदस्या संख्या थप बढाइएको छ भने काम कर्तव्य र अधिकार पनि विस्तार गरीएको छ ।

सरकारले समितिको आकार ५ सदस्यबाट बढाएर ७ सदस्यीय बनाएको छ । त्यसका साथै समितिको अध्यक्ष खानेपानी मन्त्रालयको सचिब हुने व्यवस्था गरेको छ । यसभन्दा अघि समितिको अध्यक्षमा भैतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहने व्यवस्था थियो।

त्यसैगरी नयाँ आदेश अनुसार समितिको काम कतव्र्य पनि केही थप भएको अवस्था छ । साथै समितिले स्थानिय तहसंग समन्वय गरी पहिचान भएका स्रोतको व्यवस्थापन योजना बनाउने काम गर्नेछ । समितिको वर्षिक तथा लेखा परीक्षणा प्रतिवेदन सरकारलाई बुझाउने काम पनि आदेशमा उल्लेख छ ।

आदेश अनुसार समितिले आफ्नो कार्य सुचारु रुपमा गर्नको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यदलको गठन गर्न सक्छ। समितिले गठन गर्ने उप समिति वा कार्यदलको कार्यक्षेत्रगत शर्त तथा कार्यावधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले निर्धारण गरे बमोजिम हुने उल्लेख छ ।

त्यसका साथै आदेशमा सम्बन्धित मन्त्रालयले समितिलाई परियोजना निर्माण तथा कार्यान्वयनको सम्बन्धमा आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरेको छ ।

मन्त्रालयले दिएको निर्देश पालना गर्नु समितिको कतव्र्य हुने सो आदेशमा उल्लेख छ । समितिले आदेश कार्यान्वयन गर्न आवश्यक नियमहरु बनाउन तथा नेपाल सरकारको स्वीकृतिपछि लागू गराउनेछ । त्यसका साथै समितिले सामाजिक उत्थान कार्यक्रम सञ्चालन सम्बन्धमा समितिले आवश्यक कार्यविधि समेत बनाउन सक्ने व्यवस्था गठन आदेशमा गरिएको छ ।

समितिले परियोजना प्रभावित क्षेत्रमा सामाजिक उत्थान तथा विकासका कार्यक्रम सञ्चालन गर्ने वा गराउने काम समेत तोकिएको छ । पानीको स्रोत र प्रभावित क्षेत्रका स्थानीय तहमा सामाजिक उत्थान तथा विकासका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहको सिफारीस तथा सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको परामर्शमा कार्यक्रम छनौट गरी स्वीकृत गर्ने काम समेत समितिलाई थप गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।