एसी बिक्री गर्ने ‘की कन्सेप्ट नेपाल’ को ६ महिनाको आम्दानी १२ करोड

0
Shares

नेपालमा ग्री ब्रान्डको एयर कन्डीसनर (एसी) बिक्री वितरण गर्दै आएको की कन्सेप्ट नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ११ करोड ९० लाख अपरिष्कृत सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४५ करोड ९० लाख परिष्कृत सञ्चालन आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले गरेको आम्दानी मुख्य १० उपभोक्तामा निर्भर रहेको छ । कुल आम्दानीको ४४ प्रतिशत आम्दानी कम्पनीले १० उपभोक्ता मार्फत गरेको हो ।

सन् २०१० मा स्थापना भएको की कन्सेप्ट नेपालले स्थापनाको समयदेखि नै एसी, भेन्टीलेसन, मेकानिकल, इलेक्ट्रीकल, पल्बिङ लगायतका कामहरु गर्दै आएको छ। चिनियाँ एसी उत्पादक कमपनी ‘ग्री’ का एयर कन्डीसन्रको आधिकारिक बिक्रेताको जिम्मेवारीमा की कन्सेप्ट नेपाल रहेको छ । कम्पनीको अधिकांश आम्दानी नै हिटिङ, भेन्टीलेसन र एसी बिक्री मार्फत हुने गरेको छ ।

कम्पनीमा पाँच व्यक्तिहरुको लगानी रहेको छ । ५९ करोड १० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १३ करोड १० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ४६ करोड अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।