ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या १५३ पुग्यो

0
Shares

ग्लोबल आइएमई बैंकले मंसिर ११ गतेदेखि तीन नयाँ शाखा संचालनमा ल्याएको छ । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । 

बैंकले दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।