हिमालयन डिष्टिलरीको शतप्रतिशत लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुनुपर्ने

0
Shares

हिमालयन डिष्टिलरी लिमिटेडले गत आवको मुनाफाबाट प्रस्ताव गरेको शतप्रतिशत लाभांश पाउन मंसिर १२ गते बिहीबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ।

लाभांश पारित गर्न पुस १ गते रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा बिहान १० बजे १९ औँ वार्षिक साधारण सभा डाकेको कम्पनीले मंसिर १५ गते बुकक्लोज गर्देछ। यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंसिर १२ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्छन्।

१९ औँ वार्षिक सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।
यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतको प्रस्ताव पनि पारित गर्नेछ।

हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।
मंसिर ११ गते कम्पनीको शेयर एक हजार ७८८ रुपैयाँमा कारोबार भएको छ।