अरुण भ्याली हाइड्रोले शतप्रतिशत हकप्रद बेचेर बैंक ऋण तिर्ने, बचेको रकम लिखुखोलामा लगानी गर्ने


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले हकप्रदबाट संकलन हुने पुँजीको ५० प्रतिशत रकम कम्पनीले निर्माण सम्पन्न गरि सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्ने र बाँकी ५० प्रतिशत रकम पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजनामा स्वपुँजीकालागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

सेयर निश्कासन गर्नका लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।