रिडी पावरलाई हकप्रद निष्काशन गर्न आयोगको पूर्वस्वीकृति


रिडी पावर कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले पुर्वस्वीकृति दिएको छ ।

आयोगले पुर्वस्वीकृति दिएसँगै अब कम्पनीले साधारण सभाबाट प्रस्ताव पारित गरी धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि अनुमति माग गर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको १० बराबर ५ को अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न हकप्रद बिक्री गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।