एसबिआई बैंक र गरिमाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने मंसिर १२ गते बिहीबार अन्तिम दिन हो। बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्न सक्छन्।

दुबै कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १३ गते शेयरधनी किताब बन्द गर्दैछन्। बैंकको शेयर मंसिर ११ गते बुधबार प्रतिकित्ता ३८० रुपैयाँमा कारोबार भएको छ। 

एसबिआई बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभाबाट ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैैछ।

हाल ८ अर्ब ४४ करोड ९२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ पुग्नेछ।

उता गरिमा विकास बैंकको लाभांश प्राप्त गर्ने पनि बिहीबार अन्तिम दिन रहेको छ । बैंकले १६.१५ प्रतिशत बोनस र कर तिर्न ०.८५ प्रतिशत नगद गरि कूल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

मंसिर २७ गते आह्वान गपरिएको तेह्रौँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गर्नेछ। सो पश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।  बैंकको शेयर मंसिर ११ गते बुधबार प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको छ।

हाल २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ।