एभरेष्ट बैंकको नाफा २ अर्ब ४६ करोड, वितरण योग्य ३ अर्ब ३६ करोड

0
Shares

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एभरेष्ट बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ६३ लाख नाफा गरको थियो ।

नौ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७.७७ प्रतिशत बढेको छ भने कर्जा १०.६० प्रतिशत बढेको छ। चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।

बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा तथा मूल्य आम्दानी अनुपात १६.५३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।