नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक

0
Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ४ करोड ६१ लाखरुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको यहि अवधिको तुलनामा २२.९६ प्रतिशतले बढेको हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा उच्चदरले बढ्दा वितरण योग्य नाफा ऋणात्मक भएको हो । बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.९४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड पुगेको छ । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ भएको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ६५ लाख ३४ हजार रहेको छ । बैंकको जगेडाको आकार भने ६६.२२ प्रतिशतल

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २० पैसा, प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।