खराब कर्जा बढेसँगै अधिकांश विकास बैंकको नाफा घट्यो, कसको कति ?

0
Shares

चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा खराब कर्जा बढेपछि त्यसवापत गर्नुपर्ने नोक्सानी व्यवस्था वापत रकम छुट्टाउनु परेपछि अधिकांश विकास बैंकहरुको नाफा घटेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मात्र नाफा वृद्धि गरेको छ । यस्तै क्षेत्रिय स्तरका आठमध्ये सप्तकोशी डेभलदपमेन्ट बैंक बाहेक सबै विकास बैंकको वित्तीय विवरण सार्वजनिक हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले नाफा वृद्धि गरेका छन् । बाँकी चारवटा विकास बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको छ ।

चालु आवको ९ महिना अवधिमा राष्ट्रियस्तरका बैंकहरूको खुद नाफा ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुले ४ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा समग्रमा २६.८० प्रतिशतले घटेको छ । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेर नाफा प्रभावित भएको हो । गत आवमा औसत २.०६ प्रतिशत रहेको विकास बैंकहरुको निष्क्रिय कर्जा चालू आवमा ३.९४ प्रतिशत पुगेको छ ।

सार्वजनिक विवरण अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको ९ महिनाको तुलनामा १४.३९ प्रतिशतले नाफा वृद्धि गर्दै ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४८ करोड ४७ लाख थियो ।

यस्तै विकास बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाएको मुक्तिनाथ विकास बैंकले ८० करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा समीक्षा अवधिमा २१ प्रतिशतले घटेको हो ।

राष्ट्रिय स्तरको विकास बैंकहरुमा ज्योति विकास बैंकले सबैभन्दा कम २० करोड १६ लाख कमाएको छ । बैंकको नाफा गत चैतको तुलनामा ६०.९१ प्रतिशतले घटेको हो । गत आवको चैतसम्म बैंकले ५१ करोड ५७ लाख नाफा आर्जन गरेको थियो ।

विस २०७९ चैतसम्म गरिमा विकास बैंकले ६५ करोड १८ लाख, लुम्बिनी विकास बैंकले ४६ करोड ८१ लाख, महालक्ष्मी विकास बैंकले ३७ करोड ८९ लाख, कामना सेवा विकास बैंकले ३० करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा गरिमाको खुद नाफा १६.९३ प्रतिशत, महालक्ष्मीको ४६.९५ प्रतिशत, कामना सेवाको ३९.४१ प्रतिशत, सांग्रिलाको ३८.५७ प्रतिशत र लुम्बिनी विकास बैंकको ८.३२ प्रतिशतले खुद नाफा घटेको हो ।

S.N. Sector -Development Banks Stock Symbol Profit 2079 Chaitra Profit 2078 Chaitra Total
1 Muktinath Bikas Bank Ltd. MNBBL 806284.00 1020627.05 -21.00
2 Garima Bikas Bank Limited GBBL 651871.02 784690.20 -16.93
3 Shine Resunga Development Bank SHINE 554501.41 484755.84 14.39
4 Lumbini Bikas Bank Ltd. LBBL 468151.86 510652.61 -8.32
5 Mahalaxmi Bikas Bank Ltd. MLBL 378949.35 714285.40 -46.95
6 Kamana Sewa Bikas Bank Limited KSBBL 305679.02 504533.40 -39.41
7 Shangrila Development Bank  SADBL 246148.81 400685.36 -38.57
8 Jyoti Bikas Bank Limited JBBL 201618.53 515732.36 -60.91
  Total   3613204.01 4935962.20 -26.80

क्षेत्रियस्तरका विकास बैंकः दुईको नाफा ऋणात्मक, तीन वटाले बढाए

चालु आवको तेस्रो त्रैमाससम्म दुई विकास बैंकहरु नारायणी डेभलपमेन्ट बैंक र सिनधु विकास बैंकको नाफा ऋणात्मक रहेको छ । गत आवको यसै अवधिमा ४ करोड ३३ लाख नाफा कमाएको सिन्धु विकास बैंक १ करोड ४८ लाख ७५ हजार रुपैयाँ नोक्सनीमा पुगेको छ भने नारायणीको नोक्सानी १४६० प्रतिशतले बढेर ३ करोड २९ लाख १० हजार रुपैयाँमा पुगेको हो ।

समीक्षा अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको नाफामा वृद्धि भएको हो । कर्पोरेट डेभलपमेन्ट बैंकले ७३.३१, ग्रीन डेभलपमेन्टले ८.५१ र गत आवको यसै अवधिमा नोक्सानीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले १९०.१९ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

विसं २०७९ चैतसम्ममा क्षेत्रीयस्तरका विकास बैंकहरुमा मितेरी डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै सर्वाधिक नाफा कमाएको छ । बैंकले ९ करोड ८० लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले ४ करोड ४९ लाख ५७ हजार, कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ७३ लाख ३४ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ३० लाख ३७ हजार, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

S.N. Sector -Development Banks Stock Symbol Profit 2079 Chaitra Profit 2078 Chaitra Change %
1 Miteri Development Bank Limited MDB 98060.98 106020.971 -7.51
2 Excel Development Bank Ltd. EDBL 44957.47 105865.00 -57.53
3 Corporate Development Bank Limited CORBL 13037.92 7523.09 73.31
4 Green Development Bank Ltd. GRDBL 10390.97 9575.21 8.52
5 Sindhu Bikash Bank Ltd SINDU -14875.07 43326.26 -134.33
6 Narayani Development Bank Limited NABBC -32910.63 -2109.46 1460.14
7 Karnali Development Bank Limited KRBL 17334.94 -19221.40 190.19
8 Saptakoshi Development Bank SAPDBL Not Published Not Published Not Published
  Total   135996.57 250979.68 -45.81

 

कसको कति बढ्यो, कति घट्यो ?

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मात्र खुद नाफा वृद्धि गरेका छन् भने चार विकास बैंकको नाफा घटेको छ ।

क्षेत्रीयस्तरका विकास बैंकहरुमा कर्पोरेट डभेलपमेन्ट बैंकको खुद नाफा २०७८ चैतको तुलनामा ७३.३१ प्रतिशत, कर्णालीको १९०.१९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ८.५२ प्रतिशतले बढेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी सर्वाधिक १४६०.१४ प्रतिशतले बढेको छ । यस्तै सिन्धु विकास बैंकको नाफा १३४.३३ प्रतिशत घटेर नोक्सानीमा पुगेको छ । साथै एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ५७.५३ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको नाफा ७.५१ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।