राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकलाई टेलीकमको सिमकार्ड सित्तैमा

0
Shares

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने सम्बन्धमा बिहिबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि.एस.एम.सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताए । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार ब्यक्त गरे ।

नेपाल दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो ब्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताए ।