दश अर्बको विकास ऋणपत्र सूचीकृत

0
Shares

दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ८ अनुसार बैशाख ११ गतेको निर्णयअनुसार उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको ६ वर्ष अवधिको २०८५ ‘छ’ नामक विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत गरिएको हो ।

यस विकास ऋणपत्रका लगानीकर्ताहरुले वार्षिक ८.८७ प्रतिशत ब्याजदर पाउनेछन् । नेपाल राष्ट्र बैंकले उक्त ऋणपत्र २०७९ चैत २२ गते निष्कासन गरेको थियो भने ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी २०८५ चैत २२ गते हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।