विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ पक्राउ

0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका चेन छिन्जुवङ र चेन किघुवाङ ८ किलो सुनसहित पक्राउ परेका हुन्।

दुवै चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त (गौशाला)मा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।