पोखरा फाइनान्सले प्रस्ताव गर्यो लाभांश, चुक्ता पूँजी ९१ करोड नाघ्ने

0
Shares

पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर तथा कर सहित ७.२० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्सको हाल ८५ करोड ७२ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी छ । जस अनुसार कम्पनीले ६ करोड ९ हजार रुपैयाँ बराबरको बोनस तथा ६ करोड १७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकती पश्चात फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पनि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख २८ करोड रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष फाइनान्सले ५ प्रतिशत बोनस शेयर र ८.६८ प्रतिशत नगद गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।