एक वाणिज्य बैंक सहित दुई बैंकको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जले शु्क्रबार एक वाणिज्य बैंक सहित दुई बैकको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले एसबिआई बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३६१ रुपैयाँ ३२ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश पारित गर्न बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको छ ।

त्यस्तै गरिमा विकास बैंकले प्रस्ताव गरेको १६.१५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बैंकले १६.१५ प्रतिशत बोनस तथा ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्न मंसिर २७ गते साधारण सभा राखेको छ । साधारण सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि बुकक्लोज गरेको छ ।