प्रभु बैंकको टिमुरे शाखा संचालनमा, शाखा सञ्जाल १९८ पुग्यो

0
Shares

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर १३ देखि रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरे ।

शाखा उद्घाटन गर्दै तामाङले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उक्त शाखाबाट बैंकले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।