बैंकिङ्ग व्यवसायमा अवरोध सृजना गर्नेलाई अनिवार्य मुद्दा चलाइने

0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ्ग व्यवसायमा अवरोध सृजना गर्ने, बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध लाग्ने जोसुकै व्यक्ती तथा संघसंस्थाहरुविरुद्ध अनिर्वाय रुपमा मुद्दा चलाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्था संचालकहरुको बैठकले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलाई प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने निर्णय समेत गरेको छ ।

परिसंघले अब उप्रान्त कुनै पनि व्यक्ति समुह वा संघ संस्थाको आवरणमा बैंक वितीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पतिमा हानि नोक्सानी पुर्याउने वा बैंकिङ्ग व्यवसायमा अवरोध सृजना गर्ने तथा बैंक वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने विरुद्ध अनिवार्य रुपमा उजुरी गर्ने जनाएको छ ।

त्यस्तै बैंक वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि परिसंघ प्रतिवद्ध रहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।