यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले एक करोड ९२ लाख एक हजार नौ सय २२ रुपैयाँ बराबर आम्दानी गरेको भए पनि तीन करोड सात लाख ३१ हजार एक सय १६ रुपैयाँ बराबरको व्यय देखिएको छ ।

आयबाट समग्र व्यय घटाउँदा एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । आयोगले एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव भट्टराईका हालकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पाइएको छ ।

आयोगले भट्टराईका मृतक पत्नी इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।