हिमालय उर्जाको संस्थापक सेयरधनीको सेयर फुकुवा

0
Shares

हिमालय उर्जा विकास कम्पनीले संस्थापक सेयरधनीको सेयर फुकुवा गरेको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै रोक्का रहेको संस्थापक सेयरधनीको सेयर फुकुवा गरिएको जनाएको हो ।

कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेण्ट एण्ड बैंकिङ लिमिटेडका अनुसार हिमालय उर्जा विकास कम्पनीमा १० हजार कित्ता र सोभन्दा बढी सेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवार बाहेक अन्य सबै संस्थापक सेयरधनीको सेयर फुकुवा भएको हो ।

सेयर फुकुवा गर्न सेयरधनीहरूले आफ्नो परिचय खुल्ने सरकारी कागजात सहित कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेण्ट एण्ड बैंकिङको कार्यालय रहेको काठमाडौंको नारायणचौरस्थित नक्सालमा जानुपर्नेछ । सो पश्चात लगानीकर्ताले सक्कल प्रमाणपत्र बुझिलिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।