ग्रामीण विकास लघुवित्तको नाफा र इपीएसमा भारी गिरावट

0
Shares

ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा खुद नाफा र वर्षिक प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । कम्पनीको नाफा र इपीएस ७९.१९ प्रतिशत घटेको हो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा २२ करोड ४४ लाख ७९ हजारले घटेर ५ करोड ९० लाख ६ हजार रुपैयाँ मात्र आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले २८ लाख ३४ हजार ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको नाफासँगै प्रति सेयर आम्दानी पनि ३० रुपैयाँ ४६ पैसाले घटेको छ । लघुवित्तको वार्षिक इपीएस ८ रुपैयाँ १ पैसामा सीमित भएको छ । गत आवको सोही अवधिमा ३८ रुपैयाँ ४७ पैसा थियो । चैत मसान्तसम्ममा लघुवित्तको सेयर नेटवर्थ २३५ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ६०.१६ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ८.६२ प्रतिशत बढेर १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँको आकारमा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ७० करोड ५१ लाख रुपैयाँ सापटी र ३ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको सापटी १६.७०, निक्षेप ४.५५ र कर्जा लगानी १० प्रतिशतले घटको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी २६.४८ र सञ्चालन मुनाफा ८०.०८ प्रतिशतले घटेको छ । चैतसम्म लघुवित्तले ६७ करोड ३१ लख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ८ करोड ८७ लाख ३२ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको छ ।

खराब कर्जा अनुपात ४.२३ बाट बढेर ७.९४ प्रतिशत पुगेको छ भने सम्भावित खराब कर्जा नोक्सानी व्यवस्था ११.३१ प्रतिशत बढेर ११ करोड ८२ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यस्तै कष्ट अफ फन्ड ८.५१ बाट १०.७० प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।